बुटवल । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा लुम्बिनीमा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजनामा लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित लुम्बिनी विकास कोष परिसरमा आत्महत्या, लागूऔषध दुर्व्यसन र सडक दुर्घटना न्यूनीकरणबारे जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम गरिएको हो ।
लिटल बुद्धदेखि अन्तर्राष्ट्रिय सभाहलसम्म भएको पदयात्रामा सुरक्षा निकाय, स्थानीय तह, जनप्रतिनिधि, विद्यार्थी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले सामाजिक समस्याहरू समाधान गर्न प्रहरी मात्र नभई सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।
त्यस अवसरमा उत्कृष्ट योगदान दिने व्यक्तिहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
लुम्बिनी प्रदेश प्रहरीले जेठ ३० देखि असार १ सम्म तीन दिने विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ, जसअन्तर्गत शान्ति पदयात्रा, प्रविधिमैत्री सुरक्षा कार्यक्रम र समुदाय सचेतना कार्यक्रम समावेश छन् ।
प्रकाशित मिति : सोमबार, असार १ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्