कोशीमा वर्षाको सम्भावना, सुदूरपश्चिम र लुम्बिनीमा गर्मी कायम

कोशीमा वर्षाको सम्भावना, सुदूरपश्चिम र लुम्बिनीमा गर्मी कायम

 

बुटवल । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु र पूर्वीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार आज कोशी प्रदेशका केही स्थानहरूमा वर्षाको सम्भावना रहेको छ भने बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ।

आज दिउँसो देशको हिमाली र पहाडी भू–भागका साथै मधेश र बागमती प्रदेशका तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने प्रक्षेपण गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक–दुई स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ। यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा भने मौसम मुख्यतया सफा रहने र ती क्षेत्रहरूमा तातो हावा चल्ने तथा गर्मी बढ्ने सम्भावना छ।

रातिको समयमा पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा राति पनि मेघगर्जनसहित हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। वर्षा र चट्याङको सम्भावना रहेका क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन मौसम विभागले अनुरोध गरेको छ।

प्रकाशित मिति : मंगलबार, असार २ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij