काठमाण्डाै – गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद् व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर तयारी गरिरहेको बताउनुभएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले बाढी, पहिरोलगायतका विपदमा नागरिकको सुरक्षाका लागि हेलिकप्टरसहित सुरक्षा निकायका सबै स्रोत–साधन परिचालन गर्ने जानकारी दिनुभयो ।
गृहमन्त्री गुरुङले औपचारिक निरीक्षणभन्दा पनि नागरिकको प्रत्यक्ष सुरक्षा र उद्धारलाई केन्द्रमा राखेर काम गर्ने बताउनुभयो । विपद् व्यवस्थापनमा अघिल्ला सरकारका सकारात्मक कामलाई निरन्तरता दिँदै कमजोरी सुधार गरेर अघि बढ्ने उहाँको भनाइ छ ।
मनसुनका बेला राजमार्गहरूमा हुने सडक अवरोध हटाउन गृह मन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालयसँग समन्वय गरिरहेको गृहमन्त्री गुरुङले जानकारी दिनुभयो ।
सडक खुलाउन आवश्यक डोजर तथा उपकरण कहाँ छन् भन्ने जानकारी दिने विशेष डिजिटल एप विकास गरिएको उहाँले बताउनुभयो । यस प्रणालीमार्फत सडक अवरोध भएमा नजिकैको उपकरण तत्काल परिचालन गरी सडक खुलाइने र यात्रुहरू अलपत्र पर्ने अवस्थाको अन्त्य हुने उहाँको विश्वास छ ।
प्रकाशित मिति : बिहिबार, असार ४ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्