टंकप्रसाद पोखरेललाई ‘कर्पोरेट इन्डस्ट्री लिडरशिप अवार्ड–२०२६’

टंकप्रसाद पोखरेललाई ‘कर्पोरेट इन्डस्ट्री लिडरशिप अवार्ड–२०२६’

काठमाडौं, नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेल ‘कर्पोरेट इन्डस्ट्री लिडरशिप अवार्ड–२०२६’ बाट सम्मानित भएका छन्। कर्पोरेट बिजनेस म्यागजिनद्वारा आयोजित १८औँ कर्पोरेट बिजनेस अवार्ड–२०२६ अन्तर्गत बिहीबार काठमाडौंको र्याडिसन होटलमा सम्पन्न विशेष समारोहमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो।

उद्योग–व्यवसाय क्षेत्रको विकास, निजी क्षेत्रको प्रभावकारी नेतृत्व, उद्यमशीलता प्रवर्द्धन तथा आर्थिक गतिविधि विस्तारमा पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप उनलाई सम्मान गरिएको आयोजकले जनाएको छ।

समारोहमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले अध्यक्ष पोखरेललाई अवार्ड प्रदान गरेका थिए। कार्यक्रममा उद्योग, व्यापार, वित्त, बैंकिङ तथा विभिन्न पेशागत क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

सम्मान ग्रहणपछि अध्यक्ष पोखरेलले यो अवार्ड सम्पूर्ण उद्योगी–व्यवसायी समुदाय, चेम्बर परिवार तथा लुम्बिनी प्रदेशका निजी क्षेत्रप्रति समर्पित रहेको बताए। उनले निजी क्षेत्रको सशक्तीकरण, लगानी प्रवर्द्धन र आर्थिक समृद्धिका लागि आफ्नो प्रतिबद्धता अझ मजबुत भएको प्रतिक्रिया दिए।

नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश को नेतृत्व गर्दै आएका पोखरेलले निजी क्षेत्रका समस्या समाधान, उद्यमशीलता विकास, लगानीमैत्री वातावरण निर्माण तथा सरकार–निजी क्षेत्रबीच सहकार्य अभिवृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। उनको नेतृत्वमा व्यवसायिक वातावरण सुधार, लगानी विस्तार तथा आर्थिक गतिविधि प्रवर्द्धनका विभिन्न पहलहरू अघि बढाइएका छन्।

कर्पोरेट बिजनेस म्यागजिन ले प्रत्येक वर्ष विभिन्न क्षेत्रका उत्कृष्ट योगदानकर्तालाई सम्मान गर्दै आएको छ। यस वर्षको समारोह यसको १८औँ संस्करण हो।

प्रकाशित मिति : बिहिबार, असार ४ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij