कांग्रेस रास्वपाकाे दुश्मन हाेइन : गगन थापा

कांग्रेस रास्वपाकाे दुश्मन हाेइन : गगन थापा

चितवन, ७ असारः नेपाली कांग्रेसका सभापति थापा-मन्तव्य चितवनमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै नेपाली कांग्रेसका सभापति गगन थापा । तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुश्मन नभई प्रमुख प्रतिस्पर्धी दल भएको बताउनुभएको छ ।

चितवनको भरतपुरमा रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेस र रास्वपाबीच प्रतिस्पर्धा भए पनि शत्रुताको सम्बन्ध नरहेको बताउनुभयो । उहाँले आफूहरूले अरूलाई कमजोर बनाएर नभई इमानदार काम गरेर राजनीतिक रूपमा उचाइ हासिल गर्न चाहेको दाबी गर्नुभयो । संसदमा प्रतिस्पर्धी भएको नाताले सरकारसँग आवश्यकताअनुसार सहकार्य र आलोचना दुवै गर्ने उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धी हो, दुश्मन होइन । हामी अग्लो हुनु चाहन्छौँ । तपाईँहरूको उचाइ देखेर लोभ लागेको छ । हामी तपाईँहरूभन्दा अग्लो हुन चाहन्छौँ । बन्छौँ पनि एकदिन । तर तपाईँहरूलाई सानो बनाएर, खुट्टा काटेर होइन । मन, वचन र कर्मले इमानदारितापूर्वक काम गरेर हामी अग्लो बन्न चाहन्छौँ । हामी सफा हुन चाहन्छौँ तर तपाईँहरूलाई फोहोर देखाएर होइन ।’

सभापति थापाले आफ्ना नेताहरूको आलोचना गर्न नछाड्नसमेत रास्वपापङ्क्तिलाई आग्रह गर्नुभयो ।

प्रकाशित मिति : आइतबार, असार ७ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij