रास्वपा महाधिवेशन बन्दसत्र : ५ घण्टा बित्दा पनि शुरु नहुनुको यस्तो छ कारण

रास्वपा महाधिवेशन बन्दसत्र : ५ घण्टा बित्दा पनि शुरु नहुनुको यस्तो छ कारण

काठमाडौँ , चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत दोस्रो दिन निर्धारित कार्यतालिका अनुसार बिहान साढे ८ बजे तय भएकोबन्द सत्र अझै शुरु भएको छैन।

महाधिवेशन प्रतिनिधिको नामावलीमा त्रुटि सच्याउने प्रक्रिया नै नसकिएकाले निर्धारित समयमा बन्द सत्र शुरु हुन नसकेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

‘अब छिट्टै बन्द सत्र शुरु हुन्छ’, झाले भने। निर्वाचन समितिले आइतबार सार्वजनिक गरेको ४ हजार प्रतिनिधिहरूको प्रारम्भिक नामावलीमा धेरै त्रुटि भेटिएकाले सच्याउने र रुजु गर्नुपर्दा समय लागेको बताइएको छ। महाधिवेशन प्रतिनिधिहरूले त्रुटि सच्चाउन निवेदन दिनुपर्ने प्रावधान छ।

बन्दसत्रमा सभापति रवि लामिछानेसहित नेताहरूले विभिन्न प्रतिवेदनहरू प्रस्तुत गर्ने कार्यतालिका छ।

प्रकाशित मिति : सोमबार, असार ८ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij