JanataToday.com

Advertisment

SKIP THIS

लुम्बिनी गुरुयोजना समयमै सकेर थप परिस्कृत गुरुयोजना कार्यान्वयनमा लाग्नु पर्छ : मुख्यमन्त्री पोखरेल

लुम्बिनी गुरुयोजना समयमै सकेर थप परिस्कृत गुरुयोजना कार्यान्वयनमा लाग्नु पर्छ : मुख्यमन्त्री पोखरेल

बुटवल ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बौद्धदर्शनलाई बहुविषयमा जोडेर अध्यापन गर्नुपर्ने बताउनुभएको छ ।उहाले लुम्बिनी बौद्ध विश्वविद्यालयले १५ औं वार्षिकोत्सव तथा विश्वविद्यालयको अनुसन्धान केन्द्रको शिलान्यास कार्यक्रममा बोल्दै ‘बुद्ध शिक्षा धर्म र दर्शनमा मात्रै सीमित हुनुहुदैन, राजनीतिक, आर्थिक, सामाजिक विषयमा यसलाई जोडेर अनुसन्धान गर्नुपर्ने बताउनुभयो ।

Image may contain: 1 person, standingलुम्बिनीमा आज एक कार्यक्रम गरी स्थापना दिवसमा मनाइएको हो साथै लुम्बिनी विकास कोष परिसरमा अनुसन्धान बन्न लागेकोभवनको मुख्यमन्त्री पोखरेलले शिलान्यास गर्नुभएको हा। जसको लागत २० करोड रहेको छ । सो अवसरमा मुख्य मन्त्री पोख्रलले लुम्बिनीसहित यस क्षेत्रका बौद्ध स्थल, पुरातत्व तथा संस्कृतिको अनुसन्धान नै नभएको भन्र्दै उहाले विदेशी व्यक्तिको पुस्तकमा मात्रै भर पर्नुपर्ने बाध्यता हटाउनुपर्ने बताउनुभयो ।‘आफ्नो भूगोलको अध्ययन विदेशीले लेखेका पुस्तकमा गर्नुपर्ने बाध्यता छ, यो भूमिको अनुसन्धान नेपाली अध्येताबाटै हुनुपर्ने बताउनुभयो ।

Image may contain: 8 people, people smiling, people standing and outdoor
मुख्यमन्त्री पोखरेलले लुम्बिनी गुरुयोजना समयमै सकेर थप परिस्कृत गुरुयोजना कार्यान्वयनमा लाग्नुपर्ने पनि बताउनुभयो लुम्बिनीलाई विश्व शान्ति क्षेत्र र आध्यात्मिक केन्द्र बनाउनका लागि भवन ठड्याएर मात्रै नहुने भन्दै प्रकृतिको संरक्षणमा लाग्नुपर्ने उहाको भनाइ रहेको छ ।

Image may contain: 4 people, people smiling
सो कार्यक्रममा बोल्दै प्रदेश सभाका सदस्य फखुरुद्धिन खानले बौद्ध विश्वविद्यालयले लुम्बिनीलाई नै केन्द्रमा राखेर शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।त्यस्तै लुम्बिनी विकास कोषका उपाध्यक्ष अवदेश कुमार त्रिपाठी लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्य ,बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्य लगायतले आ आफनो भनाइ राख्नुभएको थियो ।

प्रकाशित मिति : शनिबार, मंसिर १४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij