JanataToday.com

Advertisment

SKIP THIS

ग्यांस विक्रेता संघ तिलोत्तमा शाखाको आठौं साधारण सभा तथा चौथौ अधिवेशन सम्पन्न

ग्यांस विक्रेता संघ तिलोत्तमा शाखाको आठौं साधारण सभा तथा चौथौ अधिवेशन सम्पन्न

बुटवल ।
ग्यांस विक्रेता संघ रुपन्देहीको  तिलोत्तमा शाखाको आठौं साधारण सभा तथा चौथौ अधिवेशन आज सम्पन्न भएको छ ।संघका अध्यक्ष ज्ञानेन्द्र बञ्जाडेको अध्यक्षता र सचिव शालिकराम वस्तीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रममा ग्यास बिक्रेता व्यवसायीहरुले सिलिण्डरको विवतरणमा हुदै आएको सिण्डिकेटले तथा नाफा कम हने कारणले गर्दा यस व्ययायले आफनो जिविका धान्न नसकिने बताएका छन ।ग्यास व्यसायको विक्री वितरण लाई व्यवस्थिित गरी सिडिण्केट हटाउन आग्रह गरेका छन ।कार्यक्रममा तिलोत्मा नगर प्रमुख बासुदेव घिमिरेले ग्यांस व्यवसायिका समस्याप्रति तिलोत्तमा नगरपालिकाले सक्दो सहयोग गर्ने बताउंदै भोली पाइपलाइनबाट ग्यांस वितरण गर्न सकिने भएकाले व्यवसायिलाई त्यसप्रति पनि सचेत बन्न आग्रह गर्नुभयो ग्यांस विक्रेता संघ रुपन्देहीका अध्यक्ष प्रदीपप्रसाद पन्थले ग्यांस विक्री गर्दा व्यवसायीले नाफा कमाउन नसकेको बताउनु भयो ।
कार्यक्रममा संघका भैरहवा शाखा अध्यक्ष राममिलन यादव, ग्यांस विक्रेता संघ प्रदेश पांचका महासचिव नारायण नेपाल, व्यवसायी हरिलाल पाण्डे, सुदिप कंडेल, सिद्वार्थ ग्यांस उद्योगका व्यवस्थापक सुशील नेपाल लगायतले आआफ्ना भनाई राख्नु भएको थियो ।

प्रकाशित मिति : शनिबार, मंसिर १४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij