पर्वत , कास्कीको पोखरा महानगरपालिकास्थित फेवातालमा डुबेर एक जना १९ वर्षीय युवकको मृत्यु भएको छ।
पोखरा महानगरपालिका–१५ रामबजार बस्ने अमर थापा पोखरा महानगरपालिका–६ स्थित फेवातालमा पौडी खेल्ने क्रममा डुबेका थिए। घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वार्टर कालिका पोखराबाट गोताखोरसहितको विपद् व्यवस्थापन टोली उनको खोजीमा लागेको थियो।
मङ्गलवार राति करिब ८ बजेको समयमा उद्धारका लागि सशस्त्र प्रहरीसहित अन्य सुरक्षा निकायका जनशक्तिहरू खटिएको भए पनि थापा करिब डेढ घण्टापछि फेला परेका थिए।
प्रकाशित मिति : बुधबार, असार १० २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्