लगातार घट्दै कच्चा तेलको मुल्य

लगातार घट्दै कच्चा तेलको मुल्य

काठमाडौँ । अमेरिका र इरानबीच शान्ति सम्झौता भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा घटेको छ । कच्चा तेलको मूल्य ३.१ प्रतिशतले घट्दा ब्रेन्ट क्रुडको मूल्य मध्यपूर्व तनाव सुरु भएयताकै पहिलो पटक प्रतिव्यारेल ७५ अमेरिकी डलरभन्दा तल झरेको हो

विश्व बजारमा ब्रेन्ट क्रुड वायदा कारोबार २.३२ अमेरिकी डलरले घटेर प्रतिव्यारेल ७४.७६ अमेरिकी डलरमा पुगेको छ । त्यसैगरी अमेरिकी कच्चा तेलको सूचक वेस्ट टेक्सास इन्टरमिडियट पनि २.१७ अमेरिकी डलर अर्थात् २.९६ प्रतिशतले घटेर प्रतिव्यारेल ७१.०४ अमेरिकी डलरमा कारोबार भएको छ ।

अमेरिका र इरानबीच जुन १७ मा भएको सहमतिपछि तेलवाहक जहाज होर्मुज जलडमरूमध्य पार गरिरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त मार्गबाट १ करोड ९० लाख ब्यारेल तेल ढुवानी भएको दाबी गरेका छन्, जुन अहिलेसम्मकै उच्च परिमाण रहेको बताइएको छ ।

ब्रेन्ट क्रुडको मूल्य प्रतिव्यारेल ७४.६१ अमेरिकी डलरसम्म झरेको छ, जुन यो फेब्रुअरी २७ यताकै सबैभन्दा न्यून स्तर हो । सोही अवधिमा इरानमाथि अमेरिका र इजरायलको सैन्य कारबाही सुरु भएको थियो ।

यस्तै, वेस्ट टेक्सास इन्टरमिडियटको मूल्य पनि घटेर प्रतिव्यारेल ७०.९१ अमेरिकी डलरसम्म पुगेको छ, जुन मार्च ३ यताकै सबैभन्दा कम स्तर मानिएको छ ।

बजार विश्लेषकहरूका अनुसार होर्मुज जलडमरूमध्यमार्फत तेलवाहक जहाजहरूको आवागमन पुनः सामान्य बन्दै गएपछि आपूर्ति अवरोधको चिन्ता कम भएको छ। यही कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा दबाब परेको र मूल्य घट्ने क्रम देखिएको उनीहरूको भनाइ छ ।

प्रकाशित मिति : बिहिबार, असार ११ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij