पर्वत , बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्वतमा ६८ वर्षीय वृद्ध पुरुष पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजनकुमार पटेलका अनुसार जिल्लाको फलेवास नगरपालिका–९ भँगरास्थित ओख्रेनीका बलबहादुर पौडेल क्षेत्री पक्राउ परेका हुन्।
गत जेठ ७ गते दिउसो क्षेत्रीले १४ वर्षीया बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्दै बालिकाकी आमाले प्रहरी चौकी भँगरामा उजुरी गरेकी थिइन्।
जेठ ९ गते दर्ता भएको उजुरीको आधारमा प्रहरी चौकी भँगरा र जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले क्षेत्रीलाई नियन्त्रणमा लिएको हो।
अभियुक्तमाथि कानुन बमोजिम मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पटेलले बताए।
प्रकाशित मिति : शुक्रबार, असार १२ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्