काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका लागि पुनः थुना म्याद थप गर्न विशेष अदालतमा उपस्थित गराइएको छ ।
उनीमाथिको म्याद थप सम्बन्धी सुनुवाइ न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा हुने तयारी भइरहेको छ ।
पौडेललाई गत असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो । अर्थमन्त्री रहेका बेला व्यवसायी दीपक भट्टलाई सेयर खरिद प्रक्रियामा सहजीकरण गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीमाथि अनुसन्धान अघि बढाएको हो
यसअघि विशेष अदालतले पौडेलविरुद्ध जारी गरिएको जरूरी पक्राउ पूर्जीलाई स्वीकृति दिँदै सात दिनको थुना म्याद दिएको थियो । सोही आदेशअनुसार उनलाई असार ९ गते पहिलो पटक अदालतमा उपस्थित गराइएको थियो ।
यता, पक्राउविरुद्ध पौडेलकी पत्नी दोमायाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीसँग लिखित जवाफ माग गरेको छ । अनुसन्धान जारी रहेकाले अदालतले थप म्यादबारे निर्णय गर्ने तयारी गरेको छ ।
प्रकाशित मिति : सोमबार, असार १५ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्