प्रचण्ड र माधव नेपाल आज बुटवल आउँदै, प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्ने

प्रचण्ड र माधव नेपाल आज बुटवल आउँदै, प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्ने

बुटवल । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज बुटवल आउने भएका छन् ।

नेपाली कम्युनिष्ट पार्टी लुम्बिनी प्रदेश समितिले आयोजना गरेको प्रदेशस्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन दुवै शीर्ष नेता बुटवल आउन लागेको पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनाल (बलदेव) ले जानकारी दिए ।

उनका अनुसार शनिबार बिहान ११ बजे रुपन्देहीको नयाँगाउँस्थित नमस्ते पार्टी प्यालेसमा हुने प्रशिक्षण कार्यक्रममा प्रचण्ड र नेपालले दिनभर नेताकार्यकर्तालाई प्रशिक्षण तथा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

पार्टी एकतापछि लुम्बिनी प्रदेशमा पहिलोपटक प्रदेशस्तरको प्रशिक्षण आयोजना गरिएको हो । प्रशिक्षणमार्फत पार्टीको नीति, संगठनात्मक कार्यदिशा र भावी रणनीतिबारे प्रदेशस्तरीय नेताहरूबीच साझा बुझाइ विकास गर्दै कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने लक्ष्य रहेको पार्टीले जनाएको छ ।

 

यस प्रशिक्षणलाई पार्टी एकतापछि देखिएका संगठनात्मक चुनौती समाधान गर्ने अवसरका रूपमा पनि हेरिएको छ । विशेषगरी जिम्मेवारी बाँडफाँटपछि देखिएका असन्तुष्टि तथा अन्य संगठनात्मक विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ ।

पार्टीले केही दिनअघि प्रदेश तथा जिल्ला समितिका इन्चार्ज, सह-इन्चार्ज, संयोजक र सह-संयोजकहरूको जिम्मेवारी बाँडफाँट गरेको थियो । सो निर्णयपछि उत्पन्न भएका केही असन्तुष्टि समाधान गर्न पनि बुटवलमा हुने बैठक र प्रशिक्षण महत्वपूर्ण हुने विश्वास पार्टी नेतृत्वले गरेको छ ।

लुम्बिनी प्रदेश समितिले उक्त प्रशिक्षणले संगठनलाई थप एकताबद्ध, सुदृढ र सक्रिय बनाउँदै आगामी राजनीतिक कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न टेवा पुग्ने अपेक्षा व्यक्त गरेको छ ।

प्रकाशित मिति : शनिबार, असार २० २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij