‘तिलोत्तमा दलित ज्ञान उत्सव’ सम्पन्न

‘तिलोत्तमा दलित ज्ञान उत्सव’ सम्पन्न

‘दलित ज्ञान उत्सव तिलोत्तमाको नमुना पहल हो’ : मन्त्री तिमिल्सेना

तिलोत्तमा -दलित समुदायको न्याय, समानता र अधिकार सुनिश्चितताका लागि आयोजना गरिएको ‘तिलोत्तमा दलित ज्ञान उत्सव २०८३’ सम्पन्न भएको छ । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको दुईदिने उत्सव सोमबार सकिएको हो ।
ज्ञान उत्सवको लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सेनाले एक समारोहबीच समापन गरेका हुन् । ज्ञान उत्सव समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सेनाले पछाडि पारिएको दलित समुदायलाई राज्यको मूलप्रवाहमा ल्याउन जनप्रतिनिधिको महत्त्वपूर्ण भूमिका हुनुपर्ने बताए । उनले लुम्बिनी प्रदेश सरकारले दलित अधिकार ऐन ल्याएको समेत बताए । तिलोत्तमा नगरपालिकाले दलित ज्ञान उत्सव गरेर नमुना काम गरेको पनि मन्त्री तिमिल्सेनाको भनाइ छ ।

समापन कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले नगरलाई मानवताको सहर बनाउने अभियान अन्तर्गत तेस्रो वर्षको दलित ज्ञान उत्सव सफलतापूर्वक सम्पन्न गरिएको बताए ।
यसअघि ज्ञान उत्सव कार्यक्रममा आइतबार विभिन्न सत्रमा बहस तथा छलफल गरिएको थियो ।
पहिलो दिन विभेद विरूद्ध संघ संस्था नगर संजालको भुमिका, स्थानीय तह र महिला जनप्रतिनिधिहरूको अनुभव, विभेद विरूद्ध युवा, सारङ्गीको धुन र विभेद विरूद्ध कविता र सांगितिक प्रस्तुती गरिएको थियो।
त्यस्तैगरी दोस्रो दिन सोमबार सामाजिक न्यायका निम्ति स्थानीय तहको पहल, वर्तमान समयमा दलित मुद्धाहरू नगर राजनैतिक दलहरूको भुमिका, पञ्चेबाजा र त्यसको इतिहास, प्रशासनिक संयन्त्रमा समावेशिताको बिषयमा छलफल भएकोे जनाइएको छ।
बहससँगै विभेदविरुद्ध चित्रकला प्रदर्शन, गीत संगीत प्रस्तुति, संघीय, प्रदेश तथा स्थानीयस्तरका सरोकारवालाको अनुभव र सामाजिक जागरणको विषयमा चर्चा गर्दै उत्सव उत्साहका साथ सम्पन्न भएको वन तथा वातावरण समितिका संयोजक एवं कार्यपालिका सदस्य सुरेन्द्र श्रीले बताए । उत्सवले दलित समुदायको अधिकार र सवाललाई पुनः बहसमा ल्याएको र स्थानीय सरकारले दलितको आत्मसम्मान बढाउन यो कार्यक्रम आयोजना गरेको कार्यपालिका सदस्य एवम सामाजिक विकास समिती सभापति रवि सेन्चुरीले बताए । न्याय, समानता र अधिकार भन्ने नाराका साथ आयोजित दुई दिने ज्ञान उत्सवको पूर्वमन्त्री एवं संघीय सांसद छविलाल विश्वकर्माले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : सोमबार, असार २२ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij