सांसदले ‘सभामुखले कान सुन्नुहुन्न’ भनेपछि प्रतिनिधि सभामा लफडा, बैठक स्थगित

सांसदले ‘सभामुखले कान सुन्नुहुन्न’ भनेपछि प्रतिनिधि सभामा लफडा, बैठक स्थगित

काठमाडौँ
नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले सभामुखको अपमान गरेको भन्दै बोल्न रोकेपछि संसदमा लफडा भएको छ ।

बुधबार बैठक शुरु हुनासाथ आकस्मिक समयमा बोल्न शुरु गरेका सांसद राईले सभामुखले कान नसुनेको भन्दै बोल्न शुरु गरेपछि सभामुख अर्याल आक्रोशित हुदै बोल्न रोकेका थिए ।

राईले सभामुख महोदय, तपाईं कान सुन्नुहुन्छ कि हुँदैन’ भन्दै बोल्न शुरु गरेपछि सभामुख अर्याल आक्रोशित बनेका थिए ।

सांसद राईले बोलेको अभिव्यक्तिप्रति रास्वपा सांसद टिका संग्रौलाले नियमआपत्ति गर्दै सो भनाई रेकर्डबाट हटाउन माग गरेकी थिइन् ।

सभामुखले सांसद राईले माफी माग्ने र भनाई सच्याउन समय दिएपछि राईले सभामुखको व्यबहारप्रतिनै प्रश्न गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

प्रकाशित मिति : बुधबार, असार २४ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij