JanataToday.com

Advertisment

SKIP THIS

कपिलवस्तुमा पानीको संकट, ट्यांकरबाट पानी बाँड्दै वडाध्यक्ष

कपिलवस्तुमा पानीको संकट, ट्यांकरबाट पानी बाँड्दै वडाध्यक्ष

कपिलवस्तु, कपिलवस्तुको शिवराज नगरपालिका–३ मा खडेरीका कारण अधिकांश चापाकल सुकेपछि खानेपानीको समस्या उत्पन्न भएको छ ।

पहिले सहजै पानी आउने ठाउँहरुमा पनि अहिले यस्तो समस्या बढ्दै गएको स्थानीयले जनाएका छन् । वडाका मदवा, खरेन्द्रपुर, सोनवर्सी, शान्तिपुर, हर्ष बाहिनी टोल, स्वर्गद्वारी टोल तथा मदवा डाँडा टोल क्षेत्रमा भूमिगत पानीको सतह घटेपछि स्थानीयवासीले खानेपानीको अभाव झेल्नुपरेको वडाअध्यक्ष टेकलाल सापकोटाले बताउँछन् ।

खानेपानीको समस्याबाट प्रभावित वडावासीलाई राहत प्रदान गर्न वडाअध्यक्ष सापकोटाले ट्याङ्करमार्फत घरघरमा पानी वितरण अभियान सुरु गरेका हुन् । हाल दैनिक पाँचदेखि छ वटा ट्याङ्करमार्फत पानी वितरण भइरहेको उनले जानकारी दिए ।

वडाले प्रत्येक घरपरिवारलाई हाल १०० लिटरका दरले खानेपानी उपलब्ध गराउँदै आएको छ ।वडा कार्यालयले खानेपानीको अभाव कायम रहेसम्म आवसयकताअनुसार पानी वितरण कार्यलाई निरन्तरता दिने जनाएको छ । लामो समयदेखि परेको सुख्खाका कारण जनजीवन प्रभावित बनेको अवस्थामा घरघरमै पानी उपलब्ध हुन थालेपछि राहत महशुस भएको स्थानीय नवराज पौडेलले बताए ।

प्रकाशित मिति : शुक्रबार, असार २६ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij