कपिलवस्तु, कपिलवस्तुको शिवराज नगरपालिका–३ मा खडेरीका कारण अधिकांश चापाकल सुकेपछि खानेपानीको समस्या उत्पन्न भएको छ ।
पहिले सहजै पानी आउने ठाउँहरुमा पनि अहिले यस्तो समस्या बढ्दै गएको स्थानीयले जनाएका छन् । वडाका मदवा, खरेन्द्रपुर, सोनवर्सी, शान्तिपुर, हर्ष बाहिनी टोल, स्वर्गद्वारी टोल तथा मदवा डाँडा टोल क्षेत्रमा भूमिगत पानीको सतह घटेपछि स्थानीयवासीले खानेपानीको अभाव झेल्नुपरेको वडाअध्यक्ष टेकलाल सापकोटाले बताउँछन् ।
खानेपानीको समस्याबाट प्रभावित वडावासीलाई राहत प्रदान गर्न वडाअध्यक्ष सापकोटाले ट्याङ्करमार्फत घरघरमा पानी वितरण अभियान सुरु गरेका हुन् । हाल दैनिक पाँचदेखि छ वटा ट्याङ्करमार्फत पानी वितरण भइरहेको उनले जानकारी दिए ।
वडाले प्रत्येक घरपरिवारलाई हाल १०० लिटरका दरले खानेपानी उपलब्ध गराउँदै आएको छ ।वडा कार्यालयले खानेपानीको अभाव कायम रहेसम्म आवसयकताअनुसार पानी वितरण कार्यलाई निरन्तरता दिने जनाएको छ । लामो समयदेखि परेको सुख्खाका कारण जनजीवन प्रभावित बनेको अवस्थामा घरघरमै पानी उपलब्ध हुन थालेपछि राहत महशुस भएको स्थानीय नवराज पौडेलले बताए ।
प्रकाशित मिति : शुक्रबार, असार २६ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्