काठमाडौं – एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले कतारमाथि एकतर्फी जित निकाल्दै प्रतियोगितामा शानदार सुरुवात गरेको छ। नेपालले कतारलाई १०५ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १३० रन बनाएको थियो । नेपालका लागि साबित्री धामीले सर्वाधिक ५२ रन बनाइन् । सना प्रविणले २७ रन जोडिन् भने अञ्जिला पाठक २३ रनमा अविजित रहिन् । कप्तान सोनी पाख्रिन भने खाता नै खोल्न नसकी आउट भइन् ।
१३१ रनको लक्ष्य पछ्याएको कतार नेपाली बलरहरूको कसिलो आक्रमणअघि निरीह बन्यो । कतारको टोली १२ ओभरमै २५ रनमा अलआउट भयो । कतारका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। टोलीका लागि सर्वाधिक रन ४ मात्र रह्यो ।
नेपालका लागि रचना चौधरीले ३ ओभरमा २ रन मात्र दिएर ३ विकेट लिइन् । रिया शर्माले ३ ओभरमा ६ रन दिएर ३ वपकेट लिइन् । मनिषा उपाध्यायले २ तथा अनु कडायतले १ विकेट लिए ।
नेपालले अब दोस्रो खेलमा भोलि सिंगापुरसँग खेल्नेछ ।
प्रकाशित मिति : शनिबार, असार २७ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्