७ केजी लागुऔषध सहित एक जना पक्राऊ

७ केजी लागुऔषध सहित एक जना पक्राऊ

भैरहवा , रुपन्देहीमा प्रहरीले एकजनालाई लागूऔषध गाँजा ७ के जी १ सय ग्रामसहित पक्राउ गरेको छ । कञ्चन गाउँपालिका–२ स्थित कटैया बस्ने ४८ वर्षिय पाचु मल्लाहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक ९डीएसपी० कृष्ण कुमार चन्दका अनुसार शुक्रबार पाचु मल्लाहको घरमा गाँजाको कारोबार भइरहेको छ भन्ने प्रहरीलाई गोप्य सूचना प्राप्त भएको थियो ।

उक्त सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको टोलीले पाचुको घरमा कानूनबमोजिम खानतलासी गर्ने क्रममा पूजाकोठामा लुकाईछिपाई राखेको गाँजा फेला परेको थियो । उक्त गाँजासहित पाचुलाई प्रहरीले नियन्त्रणमा लिइएको हो । सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको डीएसपी चन्दले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : आइतबार, असार २८ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij