तिलोत्तमा, रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आइतबार ३२ औं विश्व एड्स दिवस विभिन्न सचेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइएको छ । हरेक वर्ष डिसेम्बर १ तारिखलाई विश्व एड्स दिवसको रुपमा मनाउने गरिन्छ ।दिवसको यस बर्षको नारा एचआइभीको नियन्त्रणमा समुदायको प्रभावकारि भुमिका तय गरिएको थियो
दिवसको अवसरमा नगरपालिकाको स्वास्थ्य शाखा र मातहतका स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य केन्द्रले सचेतनामुलक कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रममा एचआइभी÷एड्स, कारण, न्यूनीकरणका उपाय तथा उपचार पद्धतिको बारेमा जानकारी गराइएको स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत ईश्वरी पौडेलले जानकारी दिनुभयो ।
दिवसकैं अवसरमा ४० जनाको एचआईभी परीक्षण गरिएको स्वास्थ्य शाखाले जनाएको छ । कार्यक्रममाबोल्दै नगर प्रमुख बासुदेव घिमिरेले जनचेतनाको माध्यम बाट नै एचआईभी लाग्न बाट बच्न र निराकरण गर्न सकिने भन्दै जोखिम न्युनिकरण गर्न एस्ता कार्यक्रमले सघाउन मद्त पुग्ने बताउनुभयो ।
नगरपालिका स्वास्थ्य शाखा प्रमुख मोतिप्रसाद पौडेलले गत आर्थिक वर्षमा रुपन्देहीमा नयाँ एचआइभी संक्रमित १६३ जना फेला परेको जानकारी गराउँदै हाल जिल्लामा एक हजार तीन सय बढी संक्रमितले एआरटी सेवा लिँदै आएको बताउनुभयो । रुपन्देहिमा रुपन्देहिमा एचआईभी बाट मृत्यु हुनेको संख्या भने १४ जना रहेको छ।
कार्यक्रममा उप–प्रमुख जागेश्वरी चौधरी, नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्री, प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्मा,स्वास्थ्य शाखा हाखाका अधिकृत गणेश गौतम इश्वरि पौडेललगायत जनप्रतिनिधि, कर्मचारी, सेवाग्राहीलगायतको सहभागिता रहेको थियो । नगरपालिका अन्तर्गतका १० ओटा स् स्वास्थ्य संस् हरुमा पनि सचेतना कार्यक्रम गरिएको छ । नेपाल सरकारको लक्ष्य अनुसार लक्षीत जनसंख्याको ९० प्रतिशतले एच आइभी परिक्षण गर्नुपर्ने लक्ष्यलाइ पुर्ति गर्नका लागि एचआइभी परिक्षण लगायतको कार्यक्रम गरिएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारि गराउनुभयो ।
प्रकाशित मिति : आइतबार, मंसिर १५ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्