काठमाडौँ – नेपाल आयल निगमले बुधबारदेखि भरी सिलिन्डर ग्यास (१४.२ केजी) बिक्री गर्ने भएको छ।
यसअघि निगमले २९ फागुनबाट ७.१ केजी मात्र (आधा) ग्यास दिँदै आएको थियो।
निगमले आज एक सूचना जारी गरी १४.२ केजी ((पूरा मूल्य २ हजार ६० रुपैयाँ) मा बिक्री वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ।
७.१ केजीको ग्यास सिलिन्डर पूर्णरुपमा प्रतिस्थापन नहुँदासम्म भने दुवै सिलिण्डरको बिक्री हुने छ।
प्रकाशित मिति : मंगलबार, असार ३० २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्