विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

काठमाडौंः विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान भएको छ। सूचना तथा सञ्चार मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरी योग्य उम्मेदवारहरुबाट दरखास्त आह्वान गरेको हो।

दरखास्त दिने म्याद साउन ८ गतेसम्म छ। उम्मेदवारका लागि न्यूनतम योग्यता, दरखास्त फाराम र दरखास्त साथ संलग्न गर्नुपर्ने आवश्यक कागजात लगायतको विस्तृत जानकारी सञ्चार मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको सूचनामा उल्लेख छ।

सञ्चार माध्यमहरुलाई नेपाल सरकारबाट उपलव्ध गराइने सार्वजनिक हित सम्बन्धी सबै विज्ञापन तोकिएको आधारमा विज्ञापन बोर्ड मार्फत समानुपातिक रुपमा वितरण हुने गर्दछ।

विज्ञापन बोर्डले वस्तु वा सेवाको बजार प्रवद्र्धन वा बिक्री, वितरण गर्न वा त्यस्तो वस्तु वा सेवाको प्रचार प्रसारका लागि गरिने विज्ञापन तथा तत्सम्बन्धी व्यवसायलाई नियमन गर्दछ।

विज्ञापन सम्बन्धमा राष्ट्रिय नीति तय गरी मन्त्रालयमा सिफारिस गर्ने, सञ्चार माध्यमबाट प्रसारण गरिने विज्ञापनको सामग्री परीक्षण गर्न तोकिएको आधारमा मापदण्ड तयार गर्ने, विज्ञापन उत्पादन, प्रसारण र वितरण सम्बन्धी आचार संहिता बनाउने, मुलुकको आवश्यकता अनुसार राष्ट्रिय हित, सार्वजनिक हितसम्बन्धी विज्ञापन निर्माण गरी प्रकाशन तथा प्रसारण गर्न प्रोत्साहन गर्ने लगायतका काम पनि विज्ञापन बोर्डलाई तोकिएको छ।

नभए वा नगरेको कुराको भ्रम फैलाउने, उत्तेजना फैलाउने, अमर्यादित, भेदभावजन्य वा यस ऐन विपरीत विज्ञापन गरिए वा नगरिएको अनुगमन गर्ने वा गराउने, विदेशी च्यानलहरूबाट प्रसारण हुने विज्ञापनहरू मापदण्ड विपरीत प्रसारण भएमा त्यसको अनुगमन गरी कारबाहीका लागि मन्त्रालयमा सिफारिस गर्ने, नेपाल सरकार, विज्ञापन एजेन्सी, विज्ञापनदाता, सञ्चारमाध्यम तथा सरकारी निकायबीच समन्वय गर्ने काम पनि बोर्डले गर्दछ।

साथै विज्ञापन व्यवसाय र व्यवसायीको योग्यता र क्षमता विकास गर्नका लागि आवश्यक कार्यक्रमसञ्चालन गर्न मन्त्रालयमा सिफारिस गर्ने, उपभोक्ता सजगता सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने, गराउने, विज्ञापनको क्षेत्रमा उत्कृष्ट कार्य गर्नेलाई पुरस्कृत गर्ने, विज्ञापन उत्पादक, निर्माता, वितरक वा प्रसारकलाई आवश्यक निर्देशन दिने काम पनि यसकै कार्यक्षेत्रभित्र पर्दछन्।

प्रकाशित मिति : बुधबार, असार ३१ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij