JanataToday.com

Advertisment

SKIP THIS

माग सम्बोधन नभए साउन १२ देखि अनिश्चितकालीन आन्दोलन गर्ने दुर्गा प्रसाईं नेतृत्वको महाअभियानको चेतावनी

माग सम्बोधन नभए साउन १२ देखि अनिश्चितकालीन आन्दोलन गर्ने दुर्गा प्रसाईं नेतृत्वको महाअभियानको चेतावनी

बुटवल-मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र राष्ट्रियता, धर्म,संस्कृति र नागरिक बचाउ महाअभियानले आफुहरूका माग सम्बाेधन नभए साउन १२ गतेदेखि आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

अभियानले शनिबार रूपन्देहीको तिलाेत्तमामा पत्रकार सम्मेलन गरि यही साउन ११ गतेसम्म आफुहरूका माग सुनुवाइ नभए १२ गतेदेखि अनिश्चितकालीन आन्दोलनमा उत्रिने चेतावनी दिएको हो ।

कार्यक्रममा राष्ट्र राष्ट्रियता, धर्म,संस्कृति र नागरिक बचाउ महाअभियानका संगठन बिभाग प्रमुख प्रेम थापाले तत्कालीन शुशिला कार्की नेतृत्वको सरकार र अभियानबीच भएको १२ बुँदे सहमति कार्यान्वयन नभएकोले आन्दोलनमा जान बाध्य भएको बताए ।

साउन ११ गतेसम्म आफुहरूका माग सम्बाेधन गर्न अल्टिमेटम दिदै उनलेे माग सुनुवाइ नभए १२ गतेदेखि ससक्त आन्दोलनमा उत्रिने चेतावनी दिए ।

देशभरका कालो सुचिमा परेका उद्योगी ब्यवसायी तथा बैंक तथा लघु बित्तीय संस्था पिडितलाई साथमा लिएर आन्दोलनलाई ससक्त बनाउने योजना रहेको उनलेे बताए ।

अभियानका केन्द्रीय सचिव शंकर काेइरालाले साउन ११ गतेसम्म आफुहरूका माग सम्बाेधन गर्न आग्रह गर्दै माग सुनुवाइ नभए आन्दोलनमा उत्रिनुकाे विकल्प नभएको बताए ।

प्रकाशित मिति : शनिबार, साउन ९ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij