लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने

लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने

बुटवल । सत्ता समीकरण परिवर्तन भएसँगै लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका पाँच मन्त्रीले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने तयारी गरेका छन्।

सत्ता समीकरण परिवर्तन भएपछि सरकारमा बसिरहनु नैतिक रूपमा उचित नहुने निष्कर्षसहित कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका हुन्।राजीनामा आजै बुझाउने तयारी भए पनि सार्वजनिक बिदा तथा मुख्यमन्त्री चेतनारायण आचार्य पार्टीको कार्यक्रममा सहभागी हुन कपिलवस्तुमा रहेकाले भोलिका लागि सारिएको नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी प्रमुख सचेतक जमुना ढकालले   बताइन्।

सत्ता समीकरण परिवर्तन भएसँगै लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका पाँच मन्त्रीले भोलि सामूहिक राजीनामा बुझाउने भएका छन्।

सार्वजनिक बिदा र मुख्यमन्त्रीको अनुपस्थितिले राजीनामा आज नभई भोलि बुझाइने नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी प्रमुख सचेतक जमुना ढकालले बताइन्।
यसअघि एमाले र कांग्रेसको गठबन्धनमा बनेको सरकारमा कांग्रेसका पाँच मन्त्री सहभागी थिए।

कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूमा खानेपानी तथा सहरी विकास मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, सामाजिक विकास मन्त्री जन्मजय तिम्सेना, पर्यटन मन्त्री प्रचण्डविक्रम न्यौपाने तथा वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार रहेका छन्। तर पछिल्लो समय प्रदेशमा नयाँ सरकार बनाउने गरी शनिबारमात्रै एमाले र नेकपाबिच ३ बुँदे सहमति भएको थियो ।

प्रकाशित मिति : आइतबार, साउन १० २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij