JanataToday.com

Advertisment

SKIP THIS

कार्यसम्पादनलाई प्रभावकारी बनाउन तिलोत्तमा, सैनामैना र ओमसतियाका नगर प्रहरीलाई तालिम

कार्यसम्पादनलाई प्रभावकारी बनाउन तिलोत्तमा, सैनामैना र ओमसतियाका नगर प्रहरीलाई तालिम

तिलोत्तमा ।
रुपन्देहीको तिलोत्तमा, सैनामैना र ओमसतियाका नगर प्रहरीलाई ५ नं. प्रदेश प्रहरी तालिम केन्द्रले आधारभुत तालिम प्रदान गरेको छ । नगर प्रहरीको कार्यसम्पादनलाई प्रभावकारी बनाउन पालिकाहरुको समन्वयमा तालिम केन्द्रले १५ दिने आवासीय तालिम सञ्चालन गरेको हो ।


तालिममा तिलोत्तमाका ७, सैनामैनाका ३ र ओमसतियाका १० जना नगर प्रहरीको सहभागिता रहेको थियो । उनीहरुलाई प्रहरी अनुशासन, सुरक्षाकर्मीको काम–कर्तव्य, कार्यालय सुरक्षा विधि, टेलिफोन हैण्डलिङ तथा आगन्तुक अभिलेख, खतराको मूल्यांकनका आधार, तनाव व्यवस्थापन, मेला पर्वको सुरक्षा, जुलुस तथा आमसभाको सुरक्षा व्यवस्थालगायतको बारेमा तालिम दिइएको केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक डा.गणेश रेग्मीले बताउनुभयो ।


उनीहरुलाई फुटपाथको व्यवस्थापन, ट्राफिक तथा ई–रिक्साको व्यवस्थापन, हाटबजार व्यवस्थापन, अग्नि नियन्त्रण, सरसफाई तथा फोहर व्यवस्थापन बारेमा पनि तालिम दिइएको थियो । नगर प्रहरीलाई जनसम्पर्क तथा सूचना संकलन, प्राथमिक उपचार तथा घाइते उद्धार, बजार अनुगमन तथा व्यवस्थापन, छाडा चौपाया व्यवस्थापन र सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रणलगायतका विषयमा पनि तालिम दिइएको केन्द्रका प्रहरी नायव उपरीक्षक सुभाष गैरेले जानकारी दिनुभयो ।


नगर प्रहरीलाई शारीरिक व्यायम, खेलकुद, कवाज, खालीहात लडाइँलगायतका बाह्य गतिविधिमा समेत संग्लन गराई पेशागत, सैद्धान्तिक तथा व्यवहारिक तालिम दिइएको केन्द्रले जनाएको छ । सम्बन्धित पालिका प्रमुखहरुको उपस्थितमाआयोजित नगर प्रहरी दिक्षान्त कार्यक्रममा नगर प्रहरीले कवाज सपथ र दज्र्यानी चिन्ह ग्रहण गरेका थिए ।

त्यसअवसरमा तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरे, सैनामैना नगर प्रमुख चित्र बहादुर कार्की, ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवटले स्थानीय सरकारका काम÷कारवाहीलाई प्रभावकारी बनाउन तालीम आयोजना गरिएको बताउँदै सिकेको सीपलाई व्यवहारमा कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभएको थियो ।

प्रकाशित मिति : सोमबार, मंसिर १६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij