काठमाण्डौं , नेपाल चिकित्सक सङ्घले आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्दको घोषणा गरेको छ ।
सङ्घले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि धरपकड र दमनको विरोधमा आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्दको घोषणा गरेको हो । गएको साउन ९ गते नारायणी अस्पताल, वीरगञ्जमा कार्यरत चिकित्सक तथा स्वाथ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा सङ्घले दोषीलाई कारबाहीको माग गरेको छ ।
घटनामा डा. प्रमोद रामको टाउकोमा गम्भीर चोट लागेको र अन्य स्वास्थ्यकर्मीमाथि आक्रमणमा संलग्नलाई समेत कारबाही गर्न सङ्घले माग गरेको छ । पर्साका प्रहरी उपरीक्षक र प्रमुख जिल्ला अधिकारीलाई पनि कारबाहीको माग गरेको सङ्घले आन्दोलनको थप कार्यक्रम सर्वपक्षीय भेलापछि तय गर्ने जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, साउन १२ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्