लैंगिक हिंसा रोक्ने प्रदेश सभा सदस्यको प्रतिवद्धता

लैंगिक हिंसा रोक्ने प्रदेश सभा सदस्यको प्रतिवद्धता

बुटवल–
प्रदेश ५ को प्रदेश सभा सदस्यहरुले यहा“ व्याप्त लैंगिक हिंसाका घटना रोक्न अभियान चलाउने प्रतिवद्धता जनाएका छन् । चालु आर्थिक वर्षलाई लैंगिक हिंसा विरुद्धको वर्ष अभियानका रुपमा प्रचारमुखी, दवावमुखी र परिणाममुखी कार्यक्रम गरेर हिंसाको अनुपात घटाउने उनीहरुले दावी गरे ।
प्रदेशसभा सचिवालयले सोमबार बुटवलमा आयोजना गरेको लैंगिक हिंसा विरुद्धको अभियानमा प्रदेश सभा सदस्यहरुको भूमिका विषयक कार्यक्रममा बोल्दै उनीहरुले लैंगिक हिंसामा महिला हिंसा अधिकांश रहेकाले त्यसलाई हटाउन अभियान चलाउने बताए । यसकालागि ३ तहका सरकारबीच लैंगिक योजना निर्माण, बा“डफा“ड र कार्यान्वयनमा समन्वय गर्ने तथा नागरिक समूह र गैैरसरकारी संस्थाको परिचालन र अभियानलाई परिणाममुखी बनाउने उनीहरुले बताए ।


उपसभामुख कृष्णी थारुले राज्यबाट न्याय, सुरक्षा र संरक्षणको ग्यारेण्टी नहुदा हिंसा भोगेर पनि कसैलाई नबताउने अवस्था हुन नहुने बताउनुभयो । प्रदेशमा महिलाको छुट्टै संरचना नहुदा महिलाका मुद्दा उठाउन र सुनुवाई गर्न समस्या रहेको बताउदै उहाले भन्नुभयो, ‘प्रदेशमा छुट्टै महिला कार्यालय वा तदर्थ समिति खोल्न पनि सरकारलाई आग्रह गर्ने छौं ।’

आन्तरिक मामिला तथा कानुन समिति सभापति दामा शर्माले लैंगिकता र महिला हिंसाका मुद्दा सम्बोधन गर्न आवश्यक ऐन, नीति, संरचना र बजेटको व्यवस्था गर्न सरकारलाई आग्रह गर्ने बताउनुभयो । त्यसकालागि योजना तर्जुमादेखि बजेट निर्माण र कार्यान्वयन तहसम्म निगरानी र अनुगमन बढाउने उहाले बताउनुभयो । ‘महिलाका कुरा महिलाले मात्रै उठाउनुपर्छ भन्ने छैन । पितृसत्ताको खोल फालेर यस अभियानमा पुरुष प्रदेश सभा सदस्यहरुलाई पनि लगाउनेछौं ।’ उहाले भन्नुभयो।
पूर्वाधार विकास समिति सभापति आशा स्वर्णकारले योजनाले लक्षीत वर्ग भेटाउन र दिगो एवं भरपर्दो माध्ययमबाट लैंगिक विकास गरेर महिला हिंसा घटाउने बताउनुभयो । समयस“गै हिंसाका स्वरुप फेरिएकाले त्यसअनुसार सम्बोधन गर्ने नीति, कार्यक्रम र कार्यान्वयनको अवस्था ल्याउन सबै प्रदेश सभा सदस्यहरुले भूमिका बढाउने उहाले दावी गर्नुभयो । कार्यक्रमका अध्यक्ष तथा सामाजिक विकास समिति सभापति दीर्घनारायण पाण्डेले लैंगिक हिंसा महिलाको मात्रै समस्या नभएर समाज र प्रदेशकै समस्याका रुपमा उठाउने बताउनुभयो । जनसंख्यामा ५० प्रतिशत धेरै महिलाहरु हिंसामा बाच्नुपर्ने अवस्था रोक्न जनचेतना, शिक्षा, रोजगारी र पैरवीका कार्यक्रम गर्ने उहाले बताउनुभयो ।
कार्यक्रममा पत्रकार अमृता अनमोलले प्रदेशमा लैंगिक हिंसा र महिला सशक्तिकरणको अवस्था र प्रदेश सभा सदस्यहरुको भूमिकाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । तिनमा महिला वा पुरुष भएकै कारण हुने गरेका आर्थिक , सामाजिक, सारीरिक, मानसिक हिंसा भोग्नु परेको विवरण प्रस्तुत गरिएको थियो । कार्यपत्रमाथि अधिवक्ता शिव गौडेलले टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा प्रदेशसभा सदस्य रमा अर्याल, रीना नेपाल, पुष्पा चौधरी, तारा जीसी, दिपा विक तथा अधिकारकर्मी सुमित्रा शर्मा, ज्ञानु पौड्याल, सरीता श्रीष लगायतले लैंगिक हिंसा घटाउने उपायबारे धारणा राख्नुभएको थियो ।

प्रकाशित मिति : सोमबार, मंसिर १६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij