काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी घटनामा दलहरुसँग संवाद नगरेको भन्दै आपत्ति जनाएका छन् ।
बुधबार रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकबाट बाहिरिनेक्रममा प्रधानमन्त्री शाह बैठकमा सहभागी नभएको र संवाद अगाडि नबढाएकोप्रति आपत्ति जनाएका हुन् ।
उनले भने- ‘प्रधानमन्त्रीले यस्तो बेलामा नेपालका मिडिया बोलाएर किन छलफल नगरेको ? सरकारको तर्फबाट संवाद गर्नुपर्दैन। धार्मिक नेताको पनि महत्त्व हुन्छ यस्तो समयमा। हामीले भनेको नमानेको अवस्थामा धार्मिक नेताले भनेको मान्ने समुदाय पनि छन्, उनीहरुलाई बोलाएर प्रधानमन्त्रीले संवाद गर्नुपर्छ । प्रधानमन्त्री यस्तो बेलामा प्रधानमन्त्री जस्तो बन्नुपर्छ। म एक्लै गर्छु भनेर हुँदैन । म पुराना कुरा केही पनि गर्दिनँ, पहिलेको जस्तो होइन भनेर हुँदैन ।’
सिंहदरबारमा जारी बैठकमा रास्वपा सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, एमाले महासचिव शंकर पोखरेल, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जनमतका अध्यक्ष सिके राउतलगायतका नेता र सांसदहरूलाई सहभागी रहेका थिए ।
प्रकाशित मिति : बुधबार, साउन १३ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्