काठमाडौं। सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ कानुनी व्यवस्था गर्न नौ वटा विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिएको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीको सेवा–सुविधादेखि राहदानी, मानव बेचबिखन नियन्त्रण, बाल श्रम निषेध, खानी तथा खनिज पदार्थ, आन्तरिक वायु सेवा र कर्मचारी सञ्चय कोषसँग सम्बन्धित विधेयक संसदमा दर्ता गर्न स्वीकृति दिने निर्णय गरेको हो।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री सम्मित पोखरेलले विभिन्न क्षेत्रमा कानुनी व्यवस्था परिमार्जन र सुदृढ बनाउन आवश्यक विधेयक संघीय संसदमा पेस गर्ने निर्णय भएको जानकारी दिए।
मन्त्रिपरिषद्ले स्वीकृति दिएका विधेयकहरू:
संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाका सर्त र सुविधासम्बन्धी कानुन संशोधन विधेयक,
खानी तथा खनिज पदार्थसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्ने विधेयक,
संक्रामक पशु रोग नियन्त्रणसम्बन्धी विधेयक,
राहदानी ऐन, २०७६ संशोधन विधेयक,
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन) विधेयक,
बाल श्रम निषेध तथा नियमनसम्बन्धी विधेयक,
आन्तरिक वायु सेवाको दायित्वसम्बन्धी विधेयक,
मेलमिलाप ऐन, २०६८ संशोधन विधेयक तथा
कर्मचारी सञ्चय कोष ऐन, २०१९ संशोधन विधेयक
प्रकाशित मिति : बुधबार, साउन १३ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्