सरकार लैङ्गिकमैत्री वातावरण निमार्णका लागि प्रतिवद्ध: कानूनमन्त्री केसी

सरकार लैङ्गिकमैत्री वातावरण निमार्णका लागि प्रतिवद्ध: कानूनमन्त्री केसी

बुटवल–सञ्चारिका  समूह लुम्बिनीको आयोजनामा आज बुटवलमा “सञ्चार संस्थामा लैङ्गिक नीति ” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै ५नं प्रदेश  का आन्तरिक मामिला तथा कानूनमन्त्री कुल प्रसाद केसीले सरकार लैङ्गिकमैत्री वातावरण निमार्णका लागि प्रतिवद्ध रहेको बताउनुभएको छ। मन्त्री केसीले देशको संविधान अनुसार निमार्ण भएका ऐन कानुनहरुको पालना र नयां बन्ने कानुनहरु पनि लैङ्गिकमैत्री बनाउने बताउनुभएको हो ।
साथै उहाले प्रदेश ५का सञ्चार संस्थालाइ ब्यबस्थित गर्न  संचारकर्मिलाइ दक्ष बनाउन सञ्चार प्रतिष्ठान निर्माण गर्न आफुहरु अग्रसर भएको जानकारि दिनुभयो
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पत्रकार अमृता अनमोलले रुपन्देही मोफसलको राजधानी भएर पनि लैङ्गिकमैत्रि निती निमार्णमा पछि रहेको बताउनु भयो । उहांले अगामी दिनमा यस्ता विषयमा संचार सम्बद्ध संस्थाहरु वढि जिम्मेबार र सक्रिया हुनु पर्नेमा जोड दिनु भयो ।

संचारिका समुह लुम्बिनीका अध्यक्ष निरु गौतमको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका निबर्तमान अध्यक्ष शेर वहादुर केसी, बुद्ध टेलिभिजनका कार्यकारी प्रमुख विष्णु भुषाल, अधिवक्ता महेन्द्र पाण्डे,संचारिका समुह लुम्बिनीका सल्लाकार माया गौतम,प्रेस युनियन रुपन्देहि शभापति रेखा भुषाल ,गौतम भुसाल, ईन्दिरा आचार्य, रिमा विसी,  लगायतले बोल्दै सञ्चार संस्थामा लैङ्गिक नीति जरुरि रहेको बताएका थिए । कार्यक्रम संचारिका समुह लुम्बिनीका सचिब अस्मिना पाण्डेको संचालनमा भएको थियो ।

प्रकाशित मिति : सोमबार, मंसिर १६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij