JanataToday.com

Advertisment

SKIP THIS

पूर्वराजा शाह द्धारा पर्रोहा परमेश्वर बोलबम धाममा पुजा

पूर्वराजा शाह द्धारा पर्रोहा परमेश्वर बोलबम धाममा पुजा

बुटवल ।
पूर्वराजा ज्ञानेन्द्र शाहले रुपन्देहीको सैनामैनामा रहेको पर्रोहा परमेश्वर बोलबम धाममा पुगेर पुजा गर्नुभएको छ । दिउसो ४ बजे शाह बुटवल हुँदै रानबगिया चोकबाट धाममा आईपुग्नु भएको हो । उँहाको स्वागतको लागि सयौ‌ मानिसहरु फूल माला लिएर सडकमा उभिएका थिए । उनीहरुले राजा आउँ देश बचाऊ जस्ता नारा लगाएका थिए ।
शाहले मन्दिरमा २० मिनेट पुजा गर्नुभएको थियो । देशबासीमा सुख शान्तीको कामना गर्दै पुर्वराजाले पुजा गर्नु भएको पण्डित विष्णु ज्ञवालीले जानकारी दिनुभयो ।
पण्डित ज्ञवालीले उँहालाई मुल मन्दिरमा लगि शिवलिङ्ग नजिक विशेष पुजा गराउँनु भएको थियो । पुजा लगत्तै शाहलेमन्दिर ब्यवस्थापन समितिले बनाएको आशनमा केही बेरे विश्राम लिनु भएको थियो । पर्रोहा मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष रामबली चौधरीले धामको चिनो पुर्व राजालाई प्रदान गर्नु भएको थियो ।
सो लगतै शाह दक्षिण गेट हुँदै मुर्गिया तिर प्रस्थान गर्नु भएको थियो । मंसिर १७ गते मर्चवारमा रहेको मर्चवारी देवीको दर्शन गर्ने उँहाको सचिवालयले जानकारी दिएको छ । १८ गते बसेको होटलमै बिभिन्न ब्यक्तित्वसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ यस्तै १९ गते पाल्पाको भगवती मन्दिर र २० गते कपिलवस्तुको गोरुसिंगेस्थित पशुपति केन्द्रमा जाने कार्यक्रम रहेको छ । अन्तिम भ्रमण नवलपरासीको पाल्ही भगवती को दर्शन गरि आईतबार काठमाण्डौं फिर्ता हुने कार्यक्रम रहेको
पूर्व राजाको सचिवालय तथा यस क्षेत्रका भ्रमण कार्यक्रमका संयोजक शक्ति प्रसाद सापकोटले जानकारी दिनुभयो ।

प्रकाशित मिति : सोमबार, मंसिर १६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij