दाङ- कपिलवस्तुको शिवराज नगरपालिका-५ स्थित आलोक होटल अगाडि स्कर्पियो र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
शनिबार राति लुम्बिनी प्रदेश ०१-००१ च २०५४ नम्बरको महिन्द्रा स्कर्पियो र लु १४ प ५१९० नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा शिवराज नगरपालिका-२ हल्लानगर निवासी १८ वर्षीय मोटरसाइकल चालक दीपक विक गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
यस्तै, दुर्घटनामा सोही स्थानकी २१ वर्षीया शोभा श्रीपाली घाइते भएकी छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न स्कर्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति : आइतबार, साउन १७ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्