बागलुङ ।
बागलुङको बडिगाडमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएका मध्ये १० जनाको सनाखत भएको जिल्ला प्रहरी बागलुङले जनाएको छ । जिल्लाको १० सनाखत भएका मृतकमा गुल्मी इश्मा ५ वस्ने वर्ष २६ को चालक रेशम थापा, सोही ठाउँका दोवाटा का ४० वर्षिया बसुन्धरा कार्कि, इश्मा ५ खाढुंगाका माया थापा रहेका छन्। यस्तै गुल्मी इश्मा ४ का वर्ष ४० की सिता कार्की, इश्मा ४ कै ६५ वर्षिय झवि कार्की, वर्ष ४५ कि भुमि कार्की, २५ वर्षकी मिना वस्नेत, ६५ वर्षका धन बहादुर कार्कीको पहिचान खुलेको छ । नवलपरासी वर्दघाट २ की ६० वर्षिया भुमा कार्कि, बागलुङ बडिगाड ७ का ५५ वर्षकीे नरमाया खत्रि रहेका छन् ।घाईतेहरुको बुर्तिबाङस्थित स्वाथ्य चौकीमा उपचार भइरहेको छ । अवस्था गम्भिर घाइतेलाई अन्यत्रै पठाइएको प्रहरीले जनाएको छ । गुल्मीबाट बाग्लुङको निसीखोला गाउँपालिका २ देवीस्थान बायाँखोलामा देवाली पूजाका लागि यात्रु बोकेर छुटेको जीप घोपर्नामा भीरबाट खसेको हो ।
प्रकाशित मिति : मंगलबार, मंसिर १७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्