नुवाकोटमा रोकिराखेको बसले गुडेर भ्यानलाई ठक्कर दिँदा २ जनाको ज्यान गयो

नुवाकोटमा रोकिराखेको बसले गुडेर भ्यानलाई ठक्कर दिँदा २ जनाको ज्यान गयो

काठमाण्डाै – नुवाकोटको थानाभञ्ज्याङमा बसले भ्यानलाई ठक्कर दिँदा २ जनाको ज्यान गएको छ । अरू ३ जना घाइते भएका छन् ।

शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङकाे टोखा–छहरे सडक खण्डमा रोकेर राखेको बस आज बिहान ९ बजेतिर अचानक गुड्दा अगाडि रोकिराखेको भ्यानलाई ठक्कर दिएको हो । त्यसपछि दुवै गाडी सडकबाट तल खसेका जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) इकबाल हवारीले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएका ५ जनालाई उपचारका लागि काठमाण्डौ ल्याएकोमा २ जनालाई अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेका हुन् ।

ज्यान गुमाउनेहरूमा काभ्रेको बनेपा नगरपालिका–८ की ५४ वर्षीया कृष्णमाया प्रजापती डङ्गोल र रामेछापको खाँडादेवी गाउँपालिका–२ का ६५ वर्षीया उदयमाया खत्री रहेका छन् ।

यस्तै सर्लाहीको लालबन्दी नगरपालिका–९ घर भई काठमाण्डाै बस्ने २५ वर्षीया सुजता पोखरेल, बनेपा नगरपालिका–१० की ४२ वर्षीया सर्मिला श्रेष्ठ र दोलखाको मेलुङ गाउँपालिका–६ घर भई काठमाण्डाै बस्ने ६० वर्षीया ज्ञानु श्रेष्ठ घाइते रहेका छन् ।

प्रकाशित मिति : शनिबार, साउन ३० २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij