बुटवल ।
श्री भुवनेश्वरी भगवती मन्दिरको १८ औ साभारण सभा तथा अधिवेशन आज सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ४ स्थिीत भुवनेश्वरी मन्दिर परिसरको सभाहलमा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष टंक प्रसाद पराजुलीले यस मन्दिरको संरक्षण र विकासमा योगदान गर्नै प्रति धन्यवाद दिनै यस क्षेत्रमा रहेका सम्पूर्ण मठ मन्दिरहरुको संरक्षण र विकास गर्नु सम्पूर्ण वडाबासीहरुको दायित्व भएको बताउनु भयो । त्यस्तै बुटवल उपमहानगरपालिकाको संहयोगमा बन्ने जेष्ठ नागरिक गृहको निर्णय पनि पारित भैइसकेको हुदाँ त्यस कार्यप्रति आफनो पूर्ण संहयोग रहने समेत प्रतिवद्धता व्यक्त गदै भन्दिरको पूर्वधार विकासमा सक्दो संहयोग गर्ने बताउनु भयो कार्यक्रम बोल्दै पछिल्लो समय सार्वजनिक स्थलहरुमा युवा युवतीहरु गलत काममा फस्ने हुदाँ अभिावकहरुलाई आफनो बच्चाहरु प्रति निगरानी गर्न जोड दिनु भयो ।
१८ औ साभारण सभा तथा अधिवेशनमा आर्थिक वर्ष २०७५। ७६ को वार्षिक प्रतिवेदन, कोषध्यक्षको प्रतिवेदन पारित भएका छन् भने सोही अवसरमा ६ जना वृद्धाहरु, मन्दिरका पुजारी , लगायत दैनिक गीता पाठशालामा सक्रिय सहभागीहरु र नयाँ आजीवन सदस्यहरु लाई सम्मान गरिएको थियो । कार्यक्रममा मन्दिरका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठको अध्यक्षता, शिक्षाविद डा बाबुराम ज्ञवालीको प्रमुख आथित्यता,, बुटवल उपमहानगरपालिकाका वडा नम्बर ४का वडा अध्यक्ष टंक प्रसाद पराजुली को विशिष्ठ आतिथ्यता, सुजिता शेरचन , कृष्ण जोशी , ज्ञानु अर्यालको शुभकामना मन्तव्यदिनुभएको थियो मन्दिरका उपाध्यक्ष जीवन प्रसाद ओझाको स्वागत र सचिव अरुण कुमार श्रेष्ठको संचालनमा कार्यक्रम सम्पन्न भएको छ ।
यसै बीच भुवनेश्वरी भगवती मन्दिरको १८ औ साभारण सभा तथा अधिवेशन बाट जीवन प्रसाद ओझाको अध्यक्षतामा २५ सदस्यीय नयाँ नेतृव्व चयन भएको छ
प्रकाशित मिति : मंगलबार, मंसिर १७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्