नेपालमा जारी १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा घरेलु टोली नेपालले हालसम्म २१ वटा स्वर्ण हात पारिसकेको छ । सोमबारबाट स्वर्ण पदक जित्न सुरु गरेको नेपालले मंगलबार थप ६ वटा स्वर्ण जित्यो ।
नेपालले सोमबार एकै दिन १५ वटा स्वर्ण जितेको थियो । सोमबार नेपालले कराँते र तेक्वान्दोमा ७–७ र ट्रायथोलनमा एक गरी १५ स्वर्ण जितेको थियो । मंगलबार नेपालले ७ वटा स्वर्ण हात पार्यो ।
यो समाचार तयार पार्दासम्म पदक तालिकामा २१ वटा स्वर्ण, ५ वटा रजत र ८ वटा कास्यसहित नेपालले कूल ३४ वटा पदक जितेको छ । पदक तालिकामा नेपाल शीर्ष स्थानमा छ भने भारत दोस्रो स्थानमा छ । भारतले २१ वटा पदक जितेको छ । भारतले ६ वटा स्वर्ण जित्दा ११ वटा रजत र ४ वटा कास्य जितेको छ ।

यसैगरी तेस्रो स्थानको श्रीलंकाले ४ वटा स्वर्ण, १० वटा रजत र १५ वटा कास्य जितेको छ । चौथो स्थानको पाकिस्तानले २ वटा स्वर्ण, ४ वटा रजत र ८ वटा कास्य हात पारेको छ ।
प्रकाशित मिति : मंगलबार, मंसिर १७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्