दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २०८३ आवश्यकताअनुसार संशोधन गर्न कार्यदल गठन गर्ने भएको छ । संसदीय दलका नेता एवम प्रधानमन्त्री वालेन्द्र शाहको अनुपस्थितीमा आज बसेको पार्टीको संसदीय दलको अनौपचारिक बैठकमा सभापति रवि लामिछाने, शीर्ष नेता, मन्त्री तथा सांसदहरूबीच संसद र सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा अनौपचारिक छलफल भएको थियो ।

उक्त बैठकमा मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा गठित कार्यदलले सात दिनभित्र विधान संशोधनको प्रस्ताव तथा आवश्यक कार्यविधि तयार गर्ने विषयमा छलफल भएको संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिए । उनका अनुसार दलको विधान संशोधनमा सांसदको संसदीय मर्यादा, जिम्मेवारी, जनपक्षीय आवाज उठाउने तथा कानुन निर्माण प्रक्रियालाई थप प्रभावकारी बनाउने विषय समेटिनेछ ।

यस्तै, बैठकमा सांसदहरूले जनताका गुनासा तथा मन्त्रालयगत विषय उठाएका थिए भने मन्त्रीहरूले आफ्नो मन्त्रालयअन्तर्गतका कामबारे जानकारी गराएका थिए । बैठकमा सरकारका कामकारबाही जनतासमक्ष पुर्‍याउँदा देखिएका दूरी तथा कमजोरी पहिचान गर्ने र सुधार गर्ने विषयमा समेत छलफल भएको थियो

प्रकाशित मिति : बुधबार, भाद्र ३ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij