डीडीसीको घ्यू पहिलोपटक दुबई निर्यात, ६ सय किलो पठाइयो

डीडीसीको घ्यू पहिलोपटक दुबई निर्यात, ६ सय किलो पठाइयो

काठमाडौं – नेपाल सरकारको स्वामित्व रहेको दुग्ध विकास संस्थान (डीडीसी)बाट उत्पादित घ्यू दुबई निर्यात सुरू भएको छ । त्यहाँ बसोबास गर्ने नेपालीलाई लक्षित गरेर शुक्रबारदेखि दुबईमा निर्यात थालिएको हो ।

पहिलोपटक शुक्रबार ६ सय किलो घिउ जहाजबाट दुबई पठाइँदै छ । दुबइमा घ्यू निर्यात गर्न डीडीसीले रातो र चन्द्र–सूर्य इन्टरनेसनलसँग सम्झौता गरेको छ ।

दुबईमा रहेका बिक्रेताले परीक्षणको रुपमा बिक्री गर्ने र मागको अवस्था हेरेर थप निर्यात गरिने प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेले बताए । ‘सुरूमा लगेर त्यहाँ रहेका बिक्रेतालाई एक–एक कार्टुन दिन्छौँ । त्यसपछि अझै राम्रो परिमाणमा माग गर्छौं,’ उनले सुनाए ।

नेपाली उत्पादनको प्रचारका लागि पहिलोपटक जहाजमा पठाइएपनि पछि भारत हुँदै कन्टेनरमा पठाउने तयारी छ ।

दुबईबाहेक मध्यपूर्वका अन्य देशमा पनि डीडीसी घ्यूसहित अन्य उत्पादन छिट्टै निर्यात तथा बिक्री हुने उनको भनाइ छ ।

प्रकाशित मिति : शुक्रबार, भाद्र ५ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij