नेपाल पत्रकार महासंघ रुपन्देहीमा वातावरण पत्रकारिता पुरस्कार पुनः सञ्चालन

नेपाल पत्रकार महासंघ रुपन्देहीमा वातावरण पत्रकारिता पुरस्कार पुनः सञ्चालन

बुुटवल – नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा उत्कृष्ट बातवरण पत्रकारिता पुरस्कार पुनः सन्चालन हुने भएको छ । अग्रज पत्रकार नारयण प्रसाद सापकोटाले जलवायुु, बातवरण तथा पर्यावरण क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई बार्षिक २५ हजार नगद सहित पुुरस्कृत गर्नेगरी महासंघको समन्वयमा उत्कृष्ट वातवरण पत्रकारिता पुुरस्कार स्थापना गरेका हुन् । उक्त पुुरस्कार केहि बर्ष रोकिएर पुनः सन्चालन आउने भएको हो ।

शुुक्रबार नेपाल पत्रकार महासंघका संस्थापक केन्द्रिय सदस्य समेत रहेका सापकोटा र पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पान्डेले संयुुक्त रुपमा हस्ताक्षर गरी उक्त पुुरस्कार सन्चालन गर्ने घोषणा गरेका हुन् ।

पुुस्कार कोषकोलागि अग्रज पत्रकार सापकोटाले ५ बर्षको रकम एकमुुष्ट १ लाख २५ हजार पत्रकार महासंघसँगको संयुुक्त खातामा जम्मा गर्नेगरी चेक हस्तान्तरणपछि भन्नुुभयो, ‘आज विश्वको वातवरण मानविय जीवनकोलागि चुनौतिपुर्ण बन्दै गएको छ । पत्रकारहरुले वातवरण, जलवायुु र पर्यावरणको मुुद्धा सशक्त रुपमा उठाउन प्रोत्साहन गर्नुु जरुरी छ । यो पुुरस्कार वातवरण क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रदान गरिनेछ । ’

नेपाल पत्रकार महासंघ रुपन्देहीको सहकार्यमा २०७३ सालमा स्थापना भएको उक्त पुुरस्कार केहि बर्ष रोकिएर पुनः नयाँ ढङगले सन्चालन भएकोमा खुुसी लागेको महासंघका अध्यक्ष दिनेश पान्डेले बताउनुुभयो । अध्यक्ष पान्डेले भन्नुुभयो, ‘नेपाल पत्रकार महासंघ रुपन्देहीसँग धेरै पुरस्कारहरु छन । तीनलाई ब्यवस्थीत गर्नेक्रममा हामीले केहि बर्ष बितरण गर्न रोकिएको उत्कृष्ट पत्रकारिता पुरस्कार नयाँ सम्झौता गरेर नयाँ ढंगले सन्चालन गरेका छौ । ’

उक्त पुुरस्कार प्रत्येक बर्षको बैशाख १ गतेदेखि चैत्र मसान्त सम्मको ५ वटा रिर्पोट, समाचार, फिचरलाई मूल्यांकन गरी हरेक बर्ष विश्व वातवरण दिवसको दिन उक्त पुुरस्कार वितरण गरिनेगरी निर्देशिका तयार गरिएको महासंघका सचिव सि.पी खनालले बताउनुुभयो । पुुरस्कारकोलागि निर्देशिकामा पत्रकार महासंघ रुपन्देहीको सदस्यता नविकरण गरेको हुुनुुपर्ने अनिवार्य प्रावधान समेत राखिएको छ ।

नेपाल पत्रकार महासंघले २०७३ सालदेखि बितरण गर्दै आएको उक्त पुुरस्कार अहिले सम्म शेर बहादुर के.सी., छबि पान्डे, लक्ष्मण पोखरेल, लक्ष्मण पौडेल, टिआर शर्मा , तेजेन्द्र के.सी. र दिनेश पान्डेले प्राप्त गरिसकेका छन् । विचमा विशेष कारणबश रोकिएको उक्त पुुरस्कार अबका दिनमा थप ब्यवस्थीत गर्नेगरी पत्रकार महासंघले निर्देशिका बनाई अगाडी बढेको हो । २०२९ सालदेखि पत्रकारिता शुरु गरेका पुरस्कारका संस्थापक अग्रज पत्रकार सापकोटाको सम्पादकत्वमा वि.स. २०३१ सालदेखि २०६० साल सम्म मुक्ति सन्देश दैनिक भैरहवाबाट प्रकाशन गर्नुुभएको थियो ।

वि.स. २०४७ सालदेखि बातवरण बचाऊ आन्दोलनको अध्यक्ष भई काम गरेका सापकोटाले सोहि अभियान मार्फत रुपन्देही एफ एम पनि सन्चालन गर्नुुभएको छ । काठमान्डौँ बाहिर बसेर तीसको दशकदेखि निरन्तर पत्रकारिता गर्दै आउनुु भएका अग्रज पत्रकार सापकोटाले बातवरण क्षेत्रमा विशेष दख्खल राख्नुुहुुन्छ ।

प्रकाशित मिति : शुक्रबार, भाद्र ५ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij