प्रतिनिधि सभा बैठक स्थगित, भोलि दिउँसो १ बजे बस्ने

प्रतिनिधि सभा बैठक स्थगित, भोलि दिउँसो १ बजे बस्ने

 

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधि सभाको आज (मङ्गलबार) का लागि तय गरिएको बैठक स्थगित भएको छ ।

संसद् सचिवालयले जारी गरेको सूचना अनुसार, आज भदौ ९ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक स्थगित गरिएको हो ।

प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुख डोलप्रसाद अर्यालले बैठक भोलि २०८३ भदौ १० गते बुधबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेको सङ्घीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ ।

सूचनामा लेखिएको छ, ‘मिति २०८३ भदौ ९ गते मङ्गलबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण निर्धारित मिति र समयमा बस्न नसक्ने भएकोले भदौ १० गते बुधबार दिनको १ बजे बस्ने गरी निर्धारण गर्नुभएको बेहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

प्रकाशित मिति : मंगलबार, भाद्र ९ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij