काठमाडौं । भारतले नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन १० टन मानवीय सहायता तथा आवश्यक औषधि पठाएको छ ।
भारतका विदेशमन्त्री एस जयशंकरले बाढी प्रभावित नेपाललाई सहयोगस्वरूप मानवीय सहायता र आवश्यक औषधि पठाइएको बताएका छन् ।
उनले बाढीबाट ज्यान गुमाउनेका परिवार तथा प्रभावित सबैप्रति समवेदना व्यक्त गरेका छन् । यशंकरले विपद्को यस कठिन समयमा भारत नेपाल र नेपाली जनताको साथमा रहेको बताएका छन् ।
यसअघि बुधबार अपराहन्न प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन कुराकानी गर्दै सबै खाले सहयोगको प्रतिबद्धता व्यक्त गरेका थिए
प्रकाशित मिति : बिहिबार, भाद्र ११ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्