भोटेकोशी बाढीः लुम्बिनीका ९७ जना अझै सम्पर्कविहीन

भोटेकोशी बाढीः लुम्बिनीका ९७ जना अझै सम्पर्कविहीन

 

दाङ । रसुवा जिल्लामा आएको भीषण बाढी तथा पहिरोपछि लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट कामको सिलसिलामा रसुवा पुगेका ९७ जना अझै सम्पर्कविहीन रहेका छन् । सुरुमा सम्पर्कबाहिर रहेका १०१ जनामध्ये चार जना परिवारको सम्पर्कमा आएका छन् ।

लुम्बिनी प्रदेश सरकारका अनुसार रसुवा विपद्मा परी सम्पर्कबाहिर रहेका नागरिकको खोजी तथा उद्धारका लागि आवश्यक पहल भइरहेको छ । प्रदेश सरकारले सम्बन्धित निकायसँग समन्वय गरी सम्पर्कविहीन व्यक्तिको अवस्था पहिचान तथा खोजी कार्यलाई प्रभावकारी बनाउन पहल गरिरहेको जनाएको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यले विपद्मा परी सम्पर्कबाहिर रहेका नागरिकको खोजी कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गरे । उनले सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धारलाई प्राथमिकतामा राखेर आवश्यक समन्वय र सहकार्य गर्न सम्बन्धित निकायलाई आग्रह गरेका हुन् ।

 

प्रदेशको आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयअन्तर्गतको विपद् व्यवस्थापन शाखाका अनुसार सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै रुपन्देहीका २५ जना रहेका छन् । त्यसपछि दाङका १५, रोल्पाका १४, अर्घाखाँचीका ९, बर्दियाका ८, गुल्मीका ६, नवलपरासी पश्चिमका ६, पाल्पाका ५, प्युठानका ५ र कपिलवस्तुका ४ जना रहेका छन् ।

 

सम्पर्कविहीन भएकाहरू विभिन्न जलविद्युत आयोजना, निर्माण तथा अन्य कामका लागि रसुवा पुगेका थिए । केही सरकारी सेवामा कार्यरत तथा घुम्नका लागि रसुवा पुगेका व्यक्तिहरू पनि सम्पर्कबाहिर रहेको विवरणमा उल्लेख छ । मन्त्रालयको विपद् व्यवस्थापन शाखाले सम्पर्कमा आएका व्यक्तिको विवरण अद्यावधिक गर्दै जाने जनाएको छ

थप विवरण प्राप्त हुने क्रम जारी रहेकाले सम्पर्कमा आउने व्यक्तिको संख्या बढ्न सक्ने जनाइएको छ । प्रदेश सरकारले विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरिरहेको जनाएको छ ।

सम्पर्कविहीन व्यक्तिहरूको अवस्था यकिन गर्न प्राप्त सूचनाका आधारमा विवरण अद्यावधिक गर्ने कामसमेत भइरहेको छ

प्रकाशित मिति : बिहिबार, भाद्र ११ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij