गोरुसिंगे–सन्धिखर्क सडकखण्ड अवरुद्ध

गोरुसिंगे–सन्धिखर्क सडकखण्ड अवरुद्ध

 

बुटवल । कपिलवस्तुबाट अर्घाखाँची जोड्ने गोरुसिंगे–सन्धिखर्क सडकखण्ड वर्षा, पहिरो र रुख ढलेका कारण अवरुद्ध भएको छ।

निरन्तर वर्षाका कारण जंगल क्षेत्रमा विभिन्न स्थानमा पहिरो खस्नुका साथै रुख ढलेपछि सडकमा सवारी आवागमन रोकिएको प्रहरीले जनाएको छ।

 

वर्षा अझै जारी रहेकाले सडक खुलाउन केही समय लाग्न सक्ने प्रहरीको भनाइ छ। पहिरो तथा थप रुख ढल्ने जोखिम कायमै रहेकाले अत्यावश्यक कामबाहेक उक्त सडकखण्डमा यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ।

सडक सञ्चालनमा ल्याउन अवरोध हटाउने तयारी भइरहेको जनाइएको छ

प्रकाशित मिति : शनिबार, भाद्र १३ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij