काठमाडौं । चीनको जलस्रोत मन्त्रालयले सीमाको चोचेन खोला नदीमा पहिरो खसेर बनेको प्रभाव क्षेत्र आसपासका हिमनदीहरू अझै भत्किने जोखिममा रहेको जनाएको छ
चीनको सरकारी समाचार संस्था सीसीटीभीका अनुसार चीनको जलस्रोत मन्त्रालयले दक्षिणपश्चिमी तिब्बतको ग्यिरोङ जिल्लामा भएको विपद्सँग जोडिएका जोखिमबारे निरन्तर परामर्श र समग्र मूल्यांकन गरिरहेको उल्लेख गरेको छ ।
हालै गरिएको सेटेलाइट तस्बिरको तुलनात्मक विश्लेषणअनुसार ग्यिरोङ त्साङ्पो नदी जलाधार क्षेत्रमा यसअघि पहिचान गरिएका १४ वटा हिमतालको पानीको सतहमा उल्लेखनीय परिवर्तन देखिएको छैन । ती हिमतालहरू समग्रमा स्थिर अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।
मंगलबार बिहान ८ बजे ड्रोनबाट खिचिएका तस्बिरका आधारमा चोचेन खोला नदीमा बनेको प्रभाव क्षेत्रमा जम्मा भएको पानीको ठूलो हिस्सा बाहिरिइसकेको छ । नदीको तल्लो क्षेत्रमा पानीको बहाव पनि सामान्य अवस्थामा फर्किएको जनाइएको छ ।
तर प्रभाव क्षेत्र आसपासका हिमनदीहरू अझै भत्किन सक्ने जोखिम रहेको र त्यसबाट थप खतरा उत्पन्न हुन सक्ने चेतावनी चीनको जलस्रोत मन्त्रालयले दिएको छ
प्रकाशित मिति : बुधबार, भाद्र १७ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्