दृढ सङ्कल्पका साथ विपद्सँग लड्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

दृढ सङ्कल्पका साथ विपद्सँग लड्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

प्रधानमन्त्री वालेन्द्र शाह सिंहदरबारस्थित सङ्घीय संसदमा बुधबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्नुहुँदै । तस्बिरः गोपाल दाहाल/रासस

प्रधानमन्त्री बालेन्द्र शाहले आजको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्नुभएको छ । गएको १० गते बुधवार बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढी, त्यसबाट भएको जनधनको क्षति तथा भइरहेको खोज, उद्धार, उपचार, राहत र नागरिकको व्यवस्थापनलगायतका विषयमा उहाँले संसद‍्मा जानकारी गराउनुभएको छ ।

प्रधानमन्त्री शाहले दृढ सङ्कल्पका साथ विपद्सँग लड्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्र नभई सिङ्गो नेपालको साझा वज्रपात रहेको बताउनुभयो । देशमा सङ्कट परेको बेला नेतृत्वले आड र भरोसा दिनुपर्नेमा उहाँको जोड छ ।

रसुवाको बाढीले ज्यान गुमाउनेको सङ्ख्या एक हजार ११४ जना पुगेको छ । फेला परेका शवमध्ये अहिलेसम्म ९५ जनाको सनाखत भई आफन्तलाई बुझाइएको छ ।

अहिलेसम्म २९२ जना घाइते भएका छन् जसमध्ये १८२ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने अन्यको उपचार चलिरहेको छ । अझै ३ हजार ९१६ जना सम्पर्कविहीन छन् । अहिलेसम्म ११ हजार ९९३ जनाको उद्धार भएको छ ।

सरकारले प्रभावित जिल्ला र पालिकाका लागि राहत रकम निकासा गरेको प्रधानमन्त्री शाहले जानकारी गराउनुभएको छ ।

प्रकाशित मिति : बुधबार, भाद्र १७ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij