काठमाण्डाै – भोटेकोशी नदीमा बाढी आएको ११औँ दिनमा आज दुई जनाको जीवितै उद्धार गरिएको छ ।
उद्धारकर्मीहरूले एक जनाको घरबाट र एक जनाको जलविद्युत् आयोजनाको सुरुङबाट जीवितै उद्धार गरेका हुन् ।
सशस्त्र प्रहरीका सहप्रवक्ता एवम् डिएसपी शैलेन्द्र थापाका अनुसार नुवाकोटको विदुर नगरपालिका – १० बेत्रावतीमा रहेको आनन्द श्रेष्ठको ४ तले घरको चौथो तलाबाट उहाँकी श्रीमती चन्डिका श्रेष्ठको जीवितै उद्धार भएको छ ।
इन्सपेक्टर सुमन विकको कमान्डको टोलीले श्रेष्ठको उद्धार गरेको हो । यस्तै २१६ मेगावाटको माथिल्लो त्रिशूली – १ जलविद्युत् आयोजनाको अडिट ४ सुरुङबाट एक जना चिनियाँ नागरिकको जीवितै उद्धार भएको छ ।
नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले आज दिउँसो उहाँलाई उद्धार गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यसअघि हिजो अर्थात् बाढी आएको १०औँ दिनमा माथिल्लो त्रिशूली -३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको जीवितै उद्धार गरिएको थियो ।
प्रकाशित मिति : शनिबार, भाद्र २० २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्