काठमाडौं , पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ फुर्केखोलामा रहेको पक्की पुल बाढीले बगाएपछि प्रयोग हुँदै आएको वैकल्पिक सडक पनि मर्मतका लागि बन्द हुने भएको छ।
परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टर सडक मर्मतसम्भारका लागि बन्द गर्न लागिएको हो। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार आज बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सडक पूर्ण रूपमा बन्द रहनेछ।
सो अवधिमा उक्त मार्ग हुँदै सञ्चालन हुने सम्पूर्ण सवारीसाधनको आवागमनमा रोक लगाइएको छ। प्रशासनले सो अवधिमा धादिङबेँसी–सुनौलो बजार–भोर्ले–कोसीखोला–फोस्रेटार–कल्लेरीटार लगायतका वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्नसमेत अनुरोध गरेको छ।
प्रकाशित मिति : मंगलबार, भाद्र २३ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्