नेपाली चलचित्रको विकासका लागि रूपन्देहीमा चलचित्र महोत्सव हुने

नेपाली चलचित्रको विकासका लागि रूपन्देहीमा चलचित्र महोत्सव हुने

नेपाली चलचित्रको विकासका लागि रूपन्देहीमा चलचित्र महोत्सव हुने भएको छ । चलचित्र विकास बोर्डको आयोजनामा यही पुस २४ गते देखि ५ दिने चलचित्र महोत्सव गर्न लागिएको हो ।

विशेषगरी यस क्षेत्रका कलाकारहरूलाई संगठित गर्ने र कलाकारकै हकहितका लागि कार्यक्रम गर्ने जनाइएको छ ।

कार्यक्रममा क्याम्पस स्तरीय हाजिरी जवाफ प्रतियोगिता , नव प्रतिभाका प्रस्तुति साथै स्थानीय र राष्ट्रिय स्तरका कलाकारको विशेष प्रस्तुति रहने चलचित्र निर्माता प्रदीप उदयले जानकारी दिनुभयो । कार्यक्रम सफल पार्नका मनिष पन्थको संयोजकत्वमा १३ सदस्यीय उपसमिति समेत चयन गरिएको छ ।

कार्यक्रममा संगीतकार सुरेश सेन्चुरी , नृत्य निर्देशक विष्णु भट्टराई लगायतले सुझाव दिनुभएको थियो । कार्यक्रममा सहभागी भएर कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्नको लागि यस क्षेत्रका सम्पूर्ण कलाकारहरूलाई चलचित्र विकास वोर्डले आग्रह गरेको छ ।

चलचित्र महोत्सव अवधिभर बुटवल र भैरहवामा भारतिय चलचित्रमा रोक लगाइने र नेपाली चलचित्र मात्र प्रदर्शन गर्ने जानकारी गराइएको छ ।

प्रकाशित मिति : बिहिबार, मंसिर १९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij