बुटवल हस्पिटल प्रा.लि. द्वारा भोटेकोशी प्रभावितका लागि ७,७७,७७७ आर्थिक सहयोग

बुटवल हस्पिटल प्रा.लि. द्वारा भोटेकोशी प्रभावितका लागि ७,७७,७७७ आर्थिक सहयोग

बुटवल -भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा पुनर्स्थापनाका लागि ‘बुटवल हस्पिटल प्रा. लि.’ परिवार ले ७,७७,७७७ (सात लाख सतहत्तर हजार सात सय सतहत्तर रुपैयाँ) आर्थिक सहयोग प्रदान गरेको छ।
२५ वर्ष देखि बुटवलमा रहेर बिरामीलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्दै आएको लुम्बिनी प्रदेशकै अग्रणी मल्टी-स्पेसियालिटी स्वास्थ्य संस्था बुटवल हस्पिटलले सहयोग गर्दै विपदको वेला प्रभावित नागरिकहरुसंगै रहेको बताएको छ । अस्पतालका अध्यक्ष चुन्न प्रसाद शर्मा पौडेलद्वारा नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम वरावरको चेक हस्तान्तरण गर्नुभएको हो। सो अवसरमा अस्पतालका संचालक एव जनप्रतिनिधि नरिश्वर शर्मा को पनि उपस्थिति रहेको थियो ।
प्रभावित नागरिकहरुको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुग्ने बिश्वासका साथ ‘प्रधानमन्त्री दैवी प्रकाेप उद्धार कोष’ मा रकम जम्मा गरिएको अस्पतालका अध्यक्ष पौडेलले बताउनु भयो । हस्पिटलले प्रभावित क्षेत्रमा जाने अभियान्ता एवं सहयोगी समूह मार्फत पनि अौषधी जन्य सामाग्री पढाइ सकेको थियो । असाहय विपन्नहरुको सहजढंगले उपचार गर्दै आएको बुटवल हस्पिटलले पटक पटक दिनदुखीको साथमा रहेको प्रमाणित गर्दै आएको छ ।
बुटवलको ज्योति पथमा अवस्थित सय शय्या क्षमताको हस्पिटलले अनुभवी स्वास्थ्यकर्मीहरू, उत्कृष्ट चिकित्सा प्रविधि र आधुनिक पूर्वाधारको संयोजन गर्दै एउटै छानामुनि सम्पूर्ण तथा बृहत् स्वास्थ्य सेवाहरू प्रदान गर्दै आएको छ।

लुम्बिनी प्रदेशको एक प्रमुख मल्टी-स्पेसियालिटी स्वास्थ्य संस्थाको रूपमा परिचित यो संस्था करुणामयी र बिरामी-केन्द्रित चिकित्सा सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताउदै आएकोछ। यस विपद्को घडीमा आवश्यक पर्ने अन्य कुनै पनि किसिमको स्वास्थ्य सहयोग गर्नका लागि बुटवल हस्पिटल प्रा.लि. पूर्णरूपमा तयार र प्रतिबद्ध रहेको कुरा हस्पिटलले जनाएको छ।

प्रकाशित मिति : आइतबार, भाद्र २८ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij