बुटवल, पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियसन, प्रधान कार्यालय, बुटवल रुपन्देहीद्वारा भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवि प्रकोप राहात कोषमा आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ ।
एशोसियसनले आइतवार आफ्नै भवनमा पत्रकार सम्मेलनको आयोजना गरि सो जानकारी गराएको हो ।
एशोसियसनका अध्यक्ष हिमाल गैरेले संस्थामा आवद्ध पेट्रोलियम व्यवसायीहरुबाट संकलन गरेको रकममा संस्थाकातर्फबाट रकम थप गरि राहात कोषमा रकम जम्मा गरेको जानकारी गराउनुभयो ।
अध्यक्ष गैरेका अनुसार एशोसियसनले सस्थामा आवद्ध ब्यवसायी र सस्थाले प्रधानमन्त्री राहत कोषमा ४० लाख १ रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणासहित रकम प्रदान गरेको बताउनु भयो ।
सो अवसरमा अध्यक्ष गैरेले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका क्षेत्रहरूमा पुर्याएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्नु भयो । यो दुःखद अवस्थामा सबै क्षेत्रबाट मानविय सहायताका हातहरु अगाडी बढाउन अध्यक्ष गैरेले आग्रह पनि गर्नु भएको छ ।
अध्यक्ष गैरेले पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियसन अन्तरगतका क्षेत्रहरुमा पेट्रोलियम पर्दाथको अपूर्ति र वितरणमा कुनै प्रकारको अवरोध नभएको जानकारी गराउदै इभि गाडीहरुको बढ्दो प्रयोगले पेट्रोलको विक्रिमा उतारचढाव नआएको जिकिर समेत गर्नुभयो ।
कार्यक्रममा एशोसियसनका निर्वमान अध्यक्ष प्रेम न्यौपानेले बाढी र पहिरोमा परी ज्यान गुमाएका नागरिकहरूप्रति समवेदना प्रकट गर्दै सो क्षेत्रका जनतालाई परेको पिडामा सबै नेपाली सहयोगी बनेर सहयोग उपलब्ध गराउने अभियानमा जुट्न आग्रह गर्नु भयो ।
कार्यक्रम एशोसियसनका महासचिव डासीराम अधिकारीले सञ्चालन गर्नु भएको थियो । एशोसिसनमा आवद्ध ७० जना व्यवसायीहरुले प्रधानमन्त्री राहत कोषमा रकम सहयोग गरेका छन् ।
धेरै रकम सहयोग गर्ने ब्यवसायीहरु प्रेम राज गैरे ५ लाख ५५ हजार ५५५, भरत जङ्ग कुवर २ लाख ११ हजार १११, मङ्गल प्रसाद मानन्धर १ लाख ६४ हजार, हिमाल गैरे १ लाख ५३ हजार,रियाज महोम्मद १ लाख ५१ हजार ५००, मोहम्मद अनिस १ लाख ५१ हजार, रत्ना काउचा १ लाख ११ हजार १११, रिखु जोशि १ लाख १० हजार ५५५, यम प्रसाद पोखरेल १ लाख ५ हजार ५५५, सन्त बहादुर पौडेल १ लाख १ हजार ६९९, कमल थापा १ लाख २ हजार, लोक प्रसाद भुसाल १ लाख १ हजार १११, नवराज भट्टराइ १ लाख १ हजार, सुनिल थापा १ लाख ५८१ र इस्लाम खानले १ लाख सहयोग गर्नुभएको छ ।
प्रकाशित मिति : आइतबार, भाद्र २८ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्