रसुवा बाढीको नामकरण गर्न दलहरूले सरकारलाई आग्रह गर्ने

रसुवा बाढीको नामकरण गर्न दलहरूले सरकारलाई आग्रह गर्ने

 

काठमाडौँ । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले भदौ १० गते चीनको तिब्बतबाट रसुवाको भोटेकोशी हुँदै आएको बाढीको नामकरण गर्न सरकारलाई आग्रह गर्ने भएका छन् । बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा यसबारे छलफल भएको र सरकारलाई उक्त बाढीको नामकरण गर्न सुझाव दिने निर्णय भएको बताए ।

बैठकपछि विश्वमा कुनै पनि विपतपछि नाम दिने चलन रहेको अवस्थामा भोटेकोशी बाढी गएको तीन साता बित्दा समेत कुनै नामकरण नभएकोबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा सभापति लामिछानेले यसबारे सर्वदलीय बैठकमा छलफल भएको जानकारी दिँदै सरकारलाई सुझाव दिने निर्णय भएको बताए ।

‘हाम्रो आजको बैठकको एउटा विषय यो पनि थियो । सबै दलका नेताहरूले पनि उठाउनुभएको थियो । र, विज्ञहरूले भएको के हो ? भनेर भन्नुपर्ने हुन्छ । किनभने यो जटिल किसिमको भएकाले अनुसन्धान र विज्ञताको आवश्यकता भएकाले सरकारलाई यसलाई नामकरण गर्नुपर्छ भनेर भन्ने निर्णय गरेका छौँ ।

प्रकाशित मिति : बुधबार, भाद्र ३१ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij